१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुसहित नौ जिल्लामा अति भारी वर्षा



बुटवल ।
काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ देखि ६ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको जनाएको हो ।

महाशाखाकाअनुसार लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पामा अति भारी वर्षा भएको छ । यस्तै गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ जिल्लामा अति भारी वर्षा भएको छ ।

ती जिल्लाको खहरे खोलामा आकस्मिक बाढी आउनका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्याङ्जामा पछिल्लो एक घण्टामा १२.२ मिलिमिटर वर्षा भएको छ भने ६ घण्टाको अवधिमा १०३ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै दाङमा पछिल्लो ६ घण्टामा १२९.८ मिलिमिटर वर्षा भएको छ ।

अर्घाखाँचीमा पछिल्लो ६ घण्टामा १५१.४, लमजुङमा ४०.४ वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा बढी पाल्पामा वर्षा भएको छ । पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा बढी १८६.६ मिलिमिटर र पाल्पाकै तानसेनमा १४७.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८० मंगलबार ००:००  १० : ५९ बजे