१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा पहुँचवालाले उडाए धज्जीः भर्ना र जाँच सामुदायिकमा, पढाई निजी बिद्यालयमा



कपिलवस्तु ।
कपिलवस्तुमा छात्रवृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोर्डिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफ्नो छोरालाईछात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

सामुदायिक बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई सरकारले छात्रबृत्तिमा प्राथमिकता र थप नम्बर दिने भएकोले कपिलवस्तुमा यस्तो अबैध काम बिगत लामो समय देखि हुँदै आएको छ। तौलिहवास्थित सिद्धार्थ बिद्या मन्दिर बोर्डिङ स्कुलका प्राचार्य गुनाखर गैरेले खासगरी सरकारी शिक्षकहरुले नै आफ्ना छोराछोरीलाई छात्रबृत्ति पाउने आशमा सामुदायिक बिद्यालयमा भर्ना गरी निजी स्कुलमा पढाईने गरिएको बताए। ‘ कपिलवस्तुमा यस्तो बिकृत्ति पहिले देखि हुँदैआएको छ, तर यसलाई रोक्न कसैले चासो दिएका छैनन । ’

‘मेरो बिद्यालयमा पनि सरकारी बिद्यालयमा भर्ना गराइएका आफ्ना छोरा छोरीलाई पढाउन भन्दै बिद्यालयमा पनि शिक्षकहरु आएका थिए’ उनले भने ‘ तर मैले मनिन ती शिक्षकहरुले अन्तै बोर्डिङ स्कुलमा पढाउन लागे ’। सरकारी बिद्यालयमा शिक्षक प्रअ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले अहिले पनि सामुदायिक बिद्यालयमा भर्ना गराएका आफना छोरा छोरीलाई बोर्डिङ स्कुल पढाउने गरेका छन। कक्षा ८ देखि त्यसरी सरकारी बिद्यालयमा भर्ना गराईन्छ।

परिक्षा समेत सरकारी बिद्यालयमा दिलाईन्छ। त्यस्ता बिद्यार्थीहरु पढन भने निजी बिद्यालयमा जान्छन। लाग्ने सबै शुल्कहरु समेत निजी बिद्यालयमा तिर्ने गरेका छन्। जाच मात्र सरकारी बिद्यालयमा दिने गर्छन। त्यस्ता बिद्यार्थीहरुको हाजिर समेत एकै पटक सरकारी बिद्यालयमा गराईन्छ। शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले ६ बर्ष अघिसम्म आफूले त्यस्ता अबैध काम गरिएको थाहा पाए पछि रोक्न खाजेको बताए। अहिले सबै अधिकार जति पालिकालाई गएकाले त्यस बारे आफूलाई थाहा नभएको उनले बताए। ‘

६ बर्ष अघिसम्म शिक्षाको काम शिक्षा कार्यालयले गरेको तर ६ बर्ष यता पालिकाहरुले शिक्षाका सबै काम गर्ने गरेका छन्’ उनले भने। छात्रबृत्तिको आशमा खासगरी शिक्षकहरुले नै यस्तो काम गर्ने गरेका उनी बताउँछन। शिक्षा ऐन र नियमावली अनुसार बिद्यार्थीहरु जुन बिद्यालयमा भर्ना हुन्छन त्यही हाजिर हुनु पर्ने, पढनु पर्ने र जाँच पनि त्यही बिद्यालयमा दिनु पर्ने प्रावधान छ। तर सरकारी शिक्षकले निजी बिद्यालयलाई मिलाएर यस्ता अबैध काम गर्दै आएका छन।

तौलिहवास्थित एक बोर्डिङ स्कुलका संचालक तथा शिक्षकले आफ्नो बिद्यालयमा समते दबाव दिएर एक सरकारी बिद्यालयका प्रअले आफ्नो छोरालाई पढाउन पठाएको बताए। ‘ मैले मानेको थिएन तर सारै दबाव दिए पछि माने, त्यो बिद्यार्थी सरकारी बिद्यालयमा भर्ना थियो तर मेरो बोर्डिङ स्कुलमा पढ्थ्र्यौ’ उनले भने। ‘ लाग्ने शुल्कहरु सबै तिरेको थियो, एसईइको जाँच पनि सरकारी बिद्यालयबाट दिएको थियो’ उनले भने। उनले खास गरी शिक्षकहरुले नै आफ्ना छोरा छोरीलाई त्यसरी पढाउने र जाँच दिलाउने गरेको बताए।

कपिलवस्तु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तथा उपसचिव हरि प्रसाद ज्ञवालीले जुन बिद्यालयमा भर्ना गरिन्छ त्यसैमा पढेर जाँच दिनु पर्ने नियम रहेको बताए। ‘ भर्ना सरकारीमा पढाई बोर्डिङ स्कुलमा गर्न पाइैदैन’ उनले भने ‘ यस बारे मलाई जानकारी छैन, कसैले त्यस्तो गरको थाहा पाए कारबाही गर्छौ’ उनले भने। एसइई पछि आगाडीको पढाई गर्दा सरकारले सामुदायिक बिद्यालयमा पढेकालाई थप अंक दिने गरेकोले शिक्षकहरु नै यो अबैध काममा संलग्न भएको बताइएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  १ : ५९ बजे