काठमाडौं ।
रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ ।
ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।
शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए ।
पहिलो गोल रोड्रिगोले २ मिनेटमै गरेका थिए । ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे । यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।
प्रतिक्रिया