गुल्मी ।
गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गुल्मीको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९ का १८ वर्षका किशोर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा जीप चालक प्रेम बहादुर केसी घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । ब्रेकफेल भएर जीप दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया