काठमाडौं ।
आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।
युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।
नेपाली नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा लामिछानेविरुद्ध उजुरी परेका थिए । तनहुँको क्षेत्र नम्बर १ र बाराको क्षेत्र नम्बर २ मा भने उम्मेदवारविरुद्ध उजुरी परेका थिएनन् ।
प्रतिक्रिया