मायादेवी अनलाइन, बाणगंगा ।
प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको अध्यक्षमा मोहन बेल्वासे चयन भएका छन् ।
शाखाको गोरुसिंगेमा संम्पन्न भेलाले बेल्वासेको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शितल आचार्य, सचिवमा नारायण प्रसाद भट्टराई, सह-सचिवमा दुर्गा भुसाल, कोषाध्यक्षमा विनोद परियार, सदस्यहरुमा नवराज पौडेल, रामु यादव, प्रकाश विक, रिसव आचार्य, राम प्रसाद आचार्य, श्रीजना खनाल, टिना अदै, माधव प्रसाद पौडेल लगायत चयन भएका छन् ।
त्यसैगरी सल्लाहकारमा शशि सापकोटा, केरसिंह अदै, श्रीजना सुवेदी चुनिएका छन् । भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारीसहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै प्रगतिशिल पत्रकार संघका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्यामलाल पोख्रेलले प्रगतिशिल पत्रकार संघले नेपाली संचार जगतमा एउटा बेग्लै इतिहास बोकेको भन्दै, सामाजिक रुपान्तरण, मिसन पत्रकारिता र राष्ट्रियताका सवालमा सदैव आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले पत्रकारहरु सत्य तथ्य र निश्पक्ष पत्रकारिता आजको आवश्यकता हुनुपर्ने भन्दै आवाज विहिनको आवाज लाई जोडतोडले उठाउनुपर्ने बताए ।
भेलाले आगामी कार्ययोजना तयार संचार सबलीकरण लगायतका विषयमा जोड दिने र केन्द्रिय सम्मेलनको तयारीमा जुट्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया