७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

किन लाग्छ क्षयरोग ? के हो बच्ने उपाय ?



काठमाडौं ।
२४ मार्चको दिन ‘विश्व ट्यूबरक्लोसिस डे’को रुपमा मनाइने गरिन्छ । नेपाली शब्दावलीमा यसलाई विश्व क्षयरोग दिवसको रुपमा चिनिन्छ । यो घातक रोग हो तर यसको उपचारका लागि सरकारले धेरै कार्यक्रमहरु हरेक वर्ष ल्याउने गरेको छ । तर पनि देश यस रोगबाट मुक्त हुन सकेको छैन ।

सन् १८८२मा रोबेर्ट कोचले क्षयरोगको जीवाणुको पत्ता लगाएका थिए । यस घातक रोगबारे जनचेतना बढाउनको लागि हरेक वर्ष यस दिनलाई याद गर्ने गरिन्छ ।

के हो क्षयरोग ?
माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस नामको ब्याक्टेरिया क्षयरोगको कारण बन्ने गर्छ । यो बिरामी हावाबाट फैलिन्छ । यसकारण कुनै पनि क्षयरोगको बिरामीको सम्पर्कमा आउँदा सर्ने गर्छ । मानिसमा क्षयरोगको लक्षण पहिला नै देखिदैन । र पछि सक्रिय हुनसक्छ ।
लक्षणः
१. यदि लगातार तीन सातासम्म खोकी लाग्नु
२. खोक्दा थुकमा रगत आउनु
३. ज्वरो आउनु
४. भोक नलाग्नु
५. छातीमा दुख्नु
६. थकानको अनुभव

क्षयरोगबाट बच्ने उपायः
१. बच्चालाई बीसीजीको खोप लगाउने
२. क्षय रोगका बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्ने
३. क्षय रोगका बिरामीको वरपर श्वसन स्वच्छता बनाउनुपर्ने
४. यसको बारेमा शिक्षा र जागरूकताले पनि यो रोग लाग्ने संख्यामा कमि ल्याउन सकिने ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ७ : १४ बजे