काठमाडौं ।
बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिहानैदेखि बर्दिया, मकवानपुरलगायत केही ठाउँमा हल्का पानी परिरहेको छ । आज अन्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
आज देशभरकै मौसम सामान्यतया बदली नै रहने मौसमविद् कँडेलले बताउनुभयो । धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ ।
दिउँसो केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
आज काठमाण्डौमा पनि बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । ठूलो वर्षाको सम्भावना भने तत्कालका लागि नरहेको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया