९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ ।

सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ छन् ।

पूर्वप्रधानमन्त्री खनाल र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको खनालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : ३३ बजे