बुटवल ।
बुटवलको पशु वधशाला सञ्चालन गर्ने सहमति भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको हो ।
वधशाला बनेपनि यसअघि सञ्चालन हुन सकेको थिएन बुटवलमा निर्माण भएको वधशाला सहमतिअनुसार वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ ।
वधशाला सञ्चालनका लागि पश्चिम नेपालका १२ हजार खसी‚ बोका उत्पादक महिला किसान र ३ सय जना मासु व्यवसायीले प्रालि खोलेका छन् । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशाला सञ्चालन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसँग एक साताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
वधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको उनले जनाए ।
प्रतिक्रिया