१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेका छौंः धर्मेन्द्र बास्तोला



काठमाडौं ।
नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन्।

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुला रूपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताएका हुन्।

नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनले बताए।

उनले मुलुकलाई परिवर्तन गर्न क्रान्तिकारीबीच एकताको अभियान चलाएको जानकारी दिए।

बास्तोलाले अब नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको शृंखलालाई अन्त्य गर्दै कम्युनिष्ट ध्रुवीकरणको वातावरण बन्दै गएको धारणा राखे।

अहिले प्रचण्ड बाबुरामलगायत नेताहरूमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरे पनि अहिले पनि माओवाद जीवित रहेको उनले तर्क गरे।

कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टीभित्र मुलुक रुपान्तरणको नयाँ विचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउने बताए।

प्रकाशित मिति : २ फाल्गुन २०७९ मंगलबार ००:००  ७ : १२ बजे