मायादेवी अनलाइन, बाणगंगा ।
रुपन्देहीको फायरलाइनमा स्कुटर र सब्जी बेच्ने ठेला ठोक्किएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गस्थित कपिलवस्तु- रुपन्देहीको सीमा नजिकै हिडिरहेको ठेलासंग स्कुटर ठोक्किएको हो ।
ठेलासंग स्कुटर ठोक्किदा स्कुटर चालक कपिलवस्तु बाणगंगा- १ का ३६ बर्षीय विशाल कार्कीको निधन भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
कपिलवस्तुबाट बुटवल तर्फ जादै गरेको स्कुटर सोही दिशामा हिडिरहेको ठेलासंग ठोक्किन पुगेको बताइएको छ ।
दुर्घटनाबाट घाइते भएका कार्कीलाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको भएपनि अन्ततः उनको निधन भएको हो ।
स्कुटरमै सवार बाणगंगा-१ का अर्का ३२ बर्षीय शैलेन्द्र पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको बुटवलमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
ठेला गुडाइरहेका व्यक्तिलाई भने सामान्य चोटमात्रै लागेको छ ।
प्रतिक्रिया