१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फागुन १ लाई ‘कालो दिन’ भन्दै द्वन्द्वपीडितद्धारा प्रदर्शन



काठमाडौं ।
२८ औं जनयुद्ध दिवसका अवसरमा द्धन्द्धपीडितले प्रदर्शन गरेका छन् ।

सरकारले जनयुद्ध दिवसको अवसरमा आज दिएको सार्वजनिक बिदा खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि द्वन्द्वपीडितले प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदर्शन गर्दै फागुन १ अर्थात कथित जनायुद्धलाई नेपाल र नेपालीको ‘कालो दिन’ भएको टिप्पणी गरेका छन् ।सहभागी द्वन्द्वपीडितले आफूले न्याय नपाएको भन्दै माओवादी नेतृत्व र सरकारप्रति आक्रोशसमेत व्यक्त गरे ।

२०५२ फागुन १ गतेबाट सुरू सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै नेतृत्वकर्ता माओवादीले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । त्यसैको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  १ : ११ बजे