काठमाडौं ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले जनयुद्ध दिवस फागुन १ गते आज सरकारले सार्वजनिक विदा दिनु भनेको ‘मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछुनु’ भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले त्यस्तो भनेका हुन् । नेता बास्कोटाले लेखेका छन्, “अस्तिसम्म विदा बढी भयो भन्थे प्रम पुष्पकमल दाहाल प्रचण्डले, किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्ने रैछ । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेको त्यसै हैन रैछ भनेका पुर्खाले ।”
प्रतिक्रिया