कपिलवस्तु ।
मन्त्रीहरुको सपथको लागि बनाइएको मञ्च हावाहुरीले प्रभावित बनाएपछि लुम्बिनी प्रदेशको सपथ रोकिएको छ । मुख्यमन्त्री लिला गिरीले देखुरीस्थित प्रदेश सभाको अगाडिपट्टी सपथ समारोह बनाइएका थिए ।
तर हावाहुरी लागेपछि मञ्च भत्किएको छ भने कुर्चीहरु पनि ढलेका छन् । मंच नै भद्रगोल भएपछि दिउँसो २ बजेको लागि राखिएको सपथ समारोह केही समएको लागि सरेको जनाइएको छ ।
गठबन्धनका दललाई सामेल गराएर मुख्यमन्त्री गिरीले मन्त्रीपरिषद् विस्तार गरी सपथ कार्यक्रम राखेका थिए । श्रोतका अनुसार आज नै नयाँ मन्त्रीले सपथ लिने छन् ।
मुख्यमन्त्री लिला गिरीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गरेका थिए । नव गठित मन्त्रिपरिषद्मा एमालेका ५, माओवादी केन्द्रका ३, जनमत र राप्रपाका १/१ मन्त्री रहने छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीका अनुसार माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेकी छन् ।
यसअघि पुस २७ गते लुम्बिनी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । यसअघि नियुक्त मुख्यमन्त्री गिरी, दुई मन्त्री चेतनारायण आचार्य, कृष्णा केसीसहित अब लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री गिरीले १३ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० बनाएका छन् ।
प्रतिक्रिया