१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रिय जनमोर्चा कपिलवस्तु पार्टी विस्तारमा जुट्यो



मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु पार्टी विस्तारमा जुटेको छ । पार्टी केन्द्रको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा टोल, वडा, नगरका भेला तथा सम्मेलनमा जुटेको नेता मन बहादुर नेपालीले जानकारी दिए ।

जस अन्तर्गत शनिबार बाणगंगा नगरपालिका वडा नं. ६ को बनकसिया टोल भेला सम्पन्न भएको छ ।

भेलाले डेमलाल न्यौपानेको अध्यक्ष्यतामा ७ सदस्यीय टोल कमिटी गठन गरेको छ । जसको सचिवमा दुर्गा सुनार, कोषाध्यक्षमा गुन बहादुर राउ मगर र सदस्यहरुमा पूर्ण शर्मा, मिना खत्री, नर बहादुर बिक, हिम बहादुर सुनार चयन भएका छन् ।

भेलालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यले सम्बोधन गर्दै पार्टीमा जोडिन सबैलाई आह्वान गरे । देशमा राष्ट्रियता, जनजिविकाका सवाल संकटमा परेको भन्दै आफ्नो पार्टीले यी विषयलाई प्राथमिकतामा दिएर सदन देखि सडकसम्म आवाज उठाएको बताए ।

कार्यक्रममा नेता हिमलाल बेल्बासे, मन बहादुर नेपाली, सिद्धि आचार्य लगायतले भनाई राखेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९ आइतबार ००:००  ६ : ०९ बजे