१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा हात्तीपाइले रोगको औषधि वितरण प्रभावकारी बनाईदै



मायादेवी अनलाइन, तौलिहवा ।
हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने कार्यक्रमलाई यस बर्ष थप प्रभावकारी बनाउने गरी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले लागि परेको छ ।

कपिलवस्तुमा फागुन ११ गतेबाट हात्तीपाईले रोग बिरुद्धको औषधि खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

शुक्रबार जिल्लाका पत्रकारसंग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले कपिलवस्तुसहित नेपालमा गत बर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रममा तीन थरिका औषधि खुवाइदै आएकोमा सोहि अभियानलाई निरन्तरता दिइएको छ ।

कार्यक्रम अन्तर्गत ६ सय भन्दा बढी स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खानेले खाइरहने र नखानेले खादै नखाइ दिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको जनस्वास्थ्य निर्देशक उमेशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा हात्तिपाइलेको औषधि खुवाउने नागरिकको कुल जनसंख्या ६ लाख ४० हजार रहेको बताउँदै करिब ८० प्रतिशत नागरिकलाई हात्तिपाइलेको औषधि खुवाउने स्वास्थ्य कार्यालयको उद्धेश्य रहेको बताउनुभयो ।

बिगतका बर्षहरुमा गरिएको निवारण अभियान त्यति प्रभावकारी नभएको र हाल यसको प्रभावकारीका लागि बिद्यालयतहबाटै औषधिको बितरण गरिने पनि उहाँले बताउनुभयो । घिमिरेले फागुन ११ देखि २४ गतेसम्म अभियान सन्चालन गरी फागुन २५ देखि २७ गतेसम्म दुईवटा चरणमा यसको अनुगमन गरिने उल्लेख गर्नुभयो ।

आर्थिक बर्ष २०६३/०६४ देखि सुरु भएको अभियानको पाँच बर्षमा अभियान सफलतोन्मूख रहेता पनि त्यस पछिका अभियानहरु लक्ष्य भेटाउन असफल भएको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  ८ : १९ बजे