मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका दुई नेता वैकल्पिक केन्द्रीय सदस्यमा मनानित भएका छन् ।
माओवादीका कपिलवस्तुका रुद्र बन्जाडे र उमा विकलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो । यी दुवै नेता लुम्बिनी प्रदेश समितिमा थिए ।
दुई जनावैकल्पिक केन्द्रीय सदस्य भएपछि ५ नेताले केन्द्रीय पदाधिकारीसहित केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन् । ती मध्ये दुई जना अधिबेशनबाटै निर्वाचित भएका थिए ।
चक्रपाणी खनाल ‘बलदेव’ केन्द्रीय सचिवमा र डोर प्रसाद उपाध्याय केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यस पछि इशरार अहमद खाँ केन्द्रीय सदस्यमा मनोनित भए ।
पछिल्लो पटक पदाधिकारी, स्थायी कमिटी केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रिय सदस्यसहित समितिलाई पूर्णता दिने क्रममा बन्जाडे र विक वैकल्पिक केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।
प्रतिक्रिया