मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तुका जानकी प्रसाद यादवलाई मन्त्री बनाउने भएको छ ।
कपिलवस्तु ३ ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित यादवलाई राप्रपाले लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा पठाउने भएको हो ।
यस प्रदेशमा राप्रपाले एउटा मन्त्रालय पाउने भएको छ ।
यादव यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्थामन्त्री बन्ने जनाइएको छ । लुम्बिनीमा राप्रपाका चार जना सांसद छन् ।
प्रतिक्रिया