१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विष्णु पन्थी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बन्दै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अनुसार पन्थीलाई स्वास्थ्य मन्त्री बनाइने छ ।

कपिलवस्तु-१ ‘१’ बाट दोस्रो पटकका लागि लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका पन्थी एमालेका केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् ।

अघिल्लो कार्यकालमै मन्त्रीको चर्चा भएपनि उनी मन्त्री बन्न पाएका थिएनन् । अघिल्लो कार्यकालको पछिल्लो प्रदेश सभामा उनी सार्वजनिक लेखा समितिका सभापति भएका थिए ।

विद्यार्थीकाल देखि नै राजनीतिमा होमिएका उनी स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । बौद्धिक नेताका रुपमा हेरिएका पन्थीले आइतबार सपथ खाने गरी तयारी भएको स्रोतले जनाएको छ ।

लामो रस्साकस्सीका बीच एमालेले लुम्बिनीमा मन्त्रीको टुंगो लगाएको हो । जसमा मुख्यमन्त्री लीला गिरीको मन्त्रीमण्डलमा पन्थी अटाएका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  ६ : १२ बजे