१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महेन्द्र मावि कोपवामा बाणगंगा साहित्यिक प्रतिष्ठानको साहित्यिक जागरण अभियान



अनिश बन्जाडे, जितपुर । बाणंगगा साहित्यिक प्रतिष्ठान बाणगंगा ८ कपिलवस्तुले महेन्द्र मावि कोपवामा साहित्यिक जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कोपवामा अवस्थित उक्त बिद्यालयका शिक्षक र बिद्याथीहरु गरी ५८ जनाको बिचमा साहित्यिक जागरण अभियान गरिएको हो ।

कार्यक्रममा कार्यक्रमको औचित्य, संस्थाको परिचय र लोक छन्द माथि प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले प्रकाश पार्नुभएको थियो ।

यस्तै संस्थाका निवर्तमान अध्यक्ष नित्यानन्द पाण्डे, संस्थाका सल्लाहकारद्धय सूर्य प्रसाद भुसाल र मोहन ज्ञवालीले साहित्यको चिनारी, छन्दबारे जानकारी, संगीत, कला र संस्कृतिको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सदस्य राधा पाण्डे, अध्यक्ष, सल्लाहकार लगायतले कविता प्रस्तुत गर्नुभएको थियो ।

यस्तै सोही कार्यक्रमका बीच बिद्यालयमा बालकृष्ण बेल्बासे र बासुदेव अर्यालको संरक्षकमा साहित्यिक क्लब गठन गरिएको छ । जसको संयोजकमा मोहन यादव, सह-संयोजकमा बृक्षा खड्का, सचिवमा अनुषा आचार्य, सह-सचिवमा शिशिर कार्की, कोषाध्यक्षमा सुजाता गिरी, सदस्यहरुमा मनिष पोख्रेल, नवराज पौडेल, गोबिन्द यादव र गीता थारु लगायत रहनुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, बिद्यालयका प्राचार्य तनुश्री भण्डारीको प्रमुख आतिथ्यता, शिक्षक टिका मल्ल, सन्तोष गैरे, बासुदेव अर्याल, बिमला आचार्यको आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९ बिहिबार ००:००  ३ : ०९ बजे