१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँची महोत्सवमा ५ करोडको कारोबार



अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ । अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि संचालन भएको महोत्सव सोमबार सकिएको हो ।

समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  १२ : ३० बजे