काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आज आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।
अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।
सरकारमा उपप्रधान एवम् गृह मन्त्री रहनुभएका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ । शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की हुनुहुन्थ्यो । उहाँहरूले आजै राजीनामा दिने सभापति लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया