गुल्मी ।
गुल्मीमा गएराती एक महिलाको हत्या भएको घटना स्थलको प्रकृतिले देखाएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षिया गङ्गादेवी शेरचनको शव घर भित्रै खुट्टा बाधेको अवस्थामा भेटिए पछि उनको कसैले हत्या गरेको पाइएको हो ।
त्यस वडाका वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थल फिता डोरिद्वारा घेराउ गरेको छ। जिल्लाबाट प्रहरी आउँदैछ । उनी अविबाहित महिला हुन । वामिटक्सार र मध्ये पाहडिलोक मार्ग जोड्ने हाडिखोलाको पुल वारिको न्वाराको पहिलो घर होटल चलाएर उनी एक्लै बस्थिन । पारी हाडिखोला तर्फ उनका बाबू आमा बस्छ्न । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात खुट्टा बाधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफुहरु त्यसतर्फ जान लागेको जानकारी दिए । घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाई छ ।
प्रतिक्रिया