मायादेवी अनलाइन, बाणगंगा ।
मनकामना सामुदायिक वनको अन्तिम चुनावी मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्ष मुक्त बहादुर कार्कीको प्यानललै विजयी भएको छ ।
एक जना कार्यसमिति सदस्य र एक जना लेखा समिति सदस्य बाहेक अरु पदमा कार्कीको प्यानल नै विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचनमा तीन समूहले प्यानललै खडा गरी निर्वाचनमा होमिएका थिए ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको वनको शनिबार मतदान भएको थियो । रातभर मतगणना भएर आइतबार विहान मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
शनिबार भएको वनको कार्यसमितिको निर्वाचनमा १८ पदका लागि ५३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
११ सय १ जना उपभोक्ता रहेको वनमा ९ सय ३३ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।
प्राप्त अन्तिम नतिजा अनुसार अध्यक्षमा विजयी कार्कीले ३ सय ५३ मत ल्याउनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार चुरामणी अर्यालले २ सय ८४ मत पाउँदा कमल घिमिरेले १ सय ७९ मत पाउनुभएको छ ।
कार्की एमाले र अर्याल कांग्रेसका आधिकारिक उम्मेदवार हुनुहुन्थ्यो । घिमिरे स्वतन्त्र रुपमा उम्मेदवार हुनुभएको थियो ।
कार्की प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार पुष्कर घिमिरेले ३ सय ८७ मत ल्याएर वियजी हुँदा सचिवमा गंगा भट्टराईले ३ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ । यही प्यानलको कोषाध्यक्ष लक्ष्मी थारुले ४ सय २१ मत पाउँदा सह-सचिवमा कविराज उपाध्यायले ३ सय ४५ मत पात पाउनुभएको छ ।
अर्याल प्यानलबाट उपाध्यक्षका उम्मेदवार मन बहादुर पुनले ३ सय ३०, सचिवका उम्मेदवार पुष्पा घिमिरेले ३ सय १७ मत ल्याउनुभएको छ । कोषाध्यक्षमा सकुन्तला घिमिरे ३ सय २३ र सह सचिवमा राम बहादुर टण्डनले ३ सय १९ मत पाउनुभएको छ ।
प्रतिक्रिया