१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प, कपिलवस्तुमा पनि धक्का



बैतडी ।

बैतडीमा मंगलबार दिउँसो भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्र बिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन। यसैबिच कपिलवस्तु, अर्घाखाँची सहितका जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ३ : ३३ बजे