मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको बाणगंगा–९ मा भलवाडमा रहेको कोइली चौर सामुदायिक वनको ८ औं अधिवेशनबाट आगामी चार बर्षका लागि कुन्तामणि भूसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा देव बहादुर श्रीस, उपाध्यक्षमा खिमा पुरी, सचिवमा शुष्मा क्षेत्री, सह-सचिवमा देवकला खनाल, कोषाध्यक्षमा माधुरी गिरी, सदस्यमा हरि बहादुर खनाल, दल बहादुर मगर, माया गिरी, चमारी थारु लगायत सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा कोइली चौर सामुदायिक वनका पूर्व अध्यक्ष हरिराज घिमिरे, निर्वाचन मण्डलका सदस्य नारायण खनाल, समाजसेवी हरि बहादुर खनालले जिल्लाकै जेठो वनको रूपमा परिचित बनको संरक्षण एबम सम्बद्र्धनका लागि जिल्लाकै उत्कृष्ट वनमा स्थापित गर्ने कुरा बताउँदै नव निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
८ औं अधिवेशन निर्वाचन मण्डलका संयोजक दुर्गा प्रसाद पौडेलको अध्यक्षता एव्म सदस्य बाबुराम रायमाझीको सहजीकरणमा सम्पन्न भएको थियो । कोइली चौर सामुदायिक वनको २३ औं साधारणसभा भने पौष ७ गते नै सम्पन्न भै सकेको थियोे ।
प्रतिक्रिया