पर्सा ।
पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पनि पुष्टि गरेको छ ।
यस्तै उनीहरुले प्रयोग गरेको बीआरओ ५ एई ९३४३ नम्बरको स्कुटी र दुई थान मोबाइल पनि बरामद गरिएको छ । प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया