११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आजको मौसम : तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित



काठमाडौं ।
देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज पनि देशभरीका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा बाक्लो हुस्सु लाग्ने हुनाले जनजीवन प्रभावित रहने विभागको भनाइ छ ।

आज मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । ती प्रदेशका उच्च पहाडी भूभागको एक दुई ठाउँमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

सोहीअनुसार भोलि बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायमै रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा कुहिरो लाग्नेक्रम जारी रहनेछ ।

माघ ५ गते बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली कायमै रहने र उच्च पहाडी भूभागमा हिमपात जारी रहने विभागले जनाएको छ । सुदूरपश्चिमको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा पनि हुनेछ । 

उच्च पहाडी भूभागमा हिमपात हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसोले जनजीवन प्रभावित रहने बताउँदै विभागले चिसोबाट बच्न सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ । कुहिरोका कारण हवाई उडान समेत प्रभावित हुने विभागको भनाइ छ । 

प्रकाशित मिति : ३ माघ २०७९ मंगलबार ००:००  ७ : ०२ बजे