मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेले बलराम अधिकारीलाई मन्त्री बनाउने भएको छ । कपिलवस्तु १ बाट निर्वाचित संघीय सांसद अधिकारीलाई एमालेले मन्त्री बनाउन लागेको हो ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका उनी जिल्ला इन्चार्ज हुन् । ०७० को दोस्रो संविधान सभामा निर्वाचित भएका अधिकारी एक दशक बढी एमाले कपिलवस्तुको नेतृत्वमा थिए ।
एमाले उच्च स्रोतका अनुसार नयाँ अनुहार र दुई पटक चुनाव जितेकालाई मन्त्री बनाउने मापदण्ड अनुसार अधिकारी मन्त्रीको लिष्ट परेका हुन् ।
अधिकारी निकट स्रोतका अनुसार सोमबार राति बन्त्री बन्नका लागि तयारी अवस्थामा रहन भनिएको छ ।
अधिकारीले कुन मन्त्रालय पाउने हुन अझै तय भने भैसकेको छैन् । अधिकारी निकट स्रोतले भन्यो’, ‘भूमि सुधार वा कृषि मन्त्रालय पाउने सम्भावना छ ।’
प्रतिक्रिया