मायादेवी अनलाइन, कपिलवस्तु ।
पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा बाणगंगाका एक युवकको मृत्यु भएको छ ।
भुमही–परासी सडकखण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए ।
कारमा सवारयात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया