११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगङ्गाको माघी महोत्सवमा ग्यास पड्कियो, एक जनाको निधन



मायादेवी अनलाइन, बाणगङ्गा ।

बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ ।

भलवाडको कपिलधाममा सोमबार देखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा- ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोहमद पाखियाको निधन भएको हो ।

मृतक नासिरले बिगत ४० बर्षदेखि बरफ बेच्दै आएका थिए । दुर्घटनामा थप दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यता घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय प्रहरीका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए ।

मृतक नासिर ग्यास मार्फत बेलून बनाएर बेच्ने व्यापारी हुन् । ग्यास मार्फत बेलून बनाएर बालबच्चालाई बेच्ने उद्धेश्यले सोमबार उनी कपिलधाम आएका थिए । दिनभर जसो बेलून बेचेका नासिर अपराह्नपख एकाएक आफैले प्रयोग गर्ने ग्यास बिष्फोट हुँदा ज्यान गुमाउन पुगेका छन् ।

ग्यास बिष्फोटले ठूलो जनधनको क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । एकाएक ठूलो स्वरमा ग्यास बिष्फोट भएको सहकर्मी हरि अधिकारीले बताए ।

यो पनि पढ्नुहोस्…

हाइड्रोजन ग्यासको सिलिण्डर बिष्फोटः ठूलो जनधनको क्षति हुनबाट बच्यो बाणगंगाको माघी मेला

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ४ : ५१ बजे