११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकारले पूर्णता पाउने विषय आजै टुङ्गिन्छ : प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट बैठकपछि बाहिरिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले पूर्णता पाउने विषय कहिले टुङ्गोमा लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आजै टुङ्गो लाग्छ । भोलि सबै विश्वासको मत दिने पार्टीहरू र नेताहरूको बैठक छ ।”

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहानदेखि दिउँसो झण्डै पौने ३ बजेसम्म छलफल भएको थियो । उहाँहरुबीच सरकार गठन एवम् सञ्चालन लगायत समसामयिक विषयमा यसअघि पनि छुट्टा–छुट्टै छलफल हुँदै आइरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ३ : २१ बजे