११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विमान दुर्घटनामा हराइरहेकाको खोजी आज पनि, पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी



काठमाण्डौ ।

पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।

हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको छ । पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ । काठमाण्डौका, आफन्त काठमाण्डौ नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ ।

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ६ : ५० बजे