११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लुम्बिनी सरकारद्धारा माघी दिवस मनाउन सार्वजनिक बिदा



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ ।

माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोह आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघ २ गते प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

माघे संक्रान्ति/माघी पर्वका अवसरमा आयोजना हुने ‘माघी मिलन कार्यक्रम २०७९’ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लीला गिरीले सचिवहरूलाई निर्देशन दिए । मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा. दीपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाबारे जानकारी गराएका थिए ।

माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई प्रोत्साहनस्वरुप पुरस्कार दिनेगरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले यही माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ । योग, वैकल्पिक चिकित्सालगायतको प्रवर्द्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रमसमेत गरिने भएको छ ।

यसैगरी माघ २ गते नै भूकम्प सूरक्षा दिवससमेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०७९ शनिबार ००:००  ६ : ५७ बजे