१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगाका बिष्णु प्रसाद पाण्डेको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा–८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका–६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका–५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन् ।

२०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी गाविस–३ बहादुरगंजस्थित तौलिहवा जाने हुलाकी सडकमा बिष्णुको शव फेला परेको घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका–६ विरपुरमा र सहबाद आलम खाँलाई शिवराज नगरपालिका–५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९ शुक्रबार ००:००  ७ : ०४ बजे