मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको तिलौराकोट साझेदारी वनको अध्यक्षमा जयप्रकाश पाण्डेय विजयी भएका छन् । विहीबार भएको निर्वाचनबाट पाण्डेय अध्यक्षमा विजयी भएका हुन् ।
पाण्डेयसंगै अध्यक्षमा प्रतिस्पर्धा गरेका रामअचल यादव र बसन्त गिरी पराजित भएका छन् ।
साझेदारी वनको उपाध्यक्षमा महोम्मद जाहिर खाँ र तारावती चौधरी निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
उपाध्यक्षमा ६ जना बीच प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन मण्डलका अनुसार साझेदारी वनमा ३५ सदस्यिय समिति चयन गरिएको छ ।
अध्यक्षमा निर्वाचन पाण्डेय करिब एक दशक देखि साझेदारीको नेतृत्वमा रहदै आएका छन् ।
लुम्बिनी प्रदेश सरकारले साझेदारी वन सम्बन्धि छुट्टै कानुन बनाए पछि पहिलो पटक अधिवेशन भएको हो । प्रदेशमा बनाएको वन ऐनमा साझेदारीको नेतृत्व ५ बर्षको हुने उल्लेख छ ।
प्रतिक्रिया