मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वन बिधेयक जारी गरेको छ ।
बिहीबार सम्पन्न नगरको १२ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट वन बिधेयक जारी गरिएको हो ।
नगर क्षेत्र भित्र रहेका वनहरुलाई ब्यवस्थित बनाउनका लागि बिधेयक जारी गरिको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए ।
नगरमा सामुदायिक वन ६५ ओटा रहेका छन् भने साझेदारी वन दुई ओटा रहेका छन् ।
संबिधानले स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गरि वन बिधेयक जारी गरिको नगर प्रमुख श्रेष्ठले बताए ।
बुद्धभूमिमा रहेका वनहरु बलियो अर्थतन्त्रको आधार हुन् । नगरपालिकाले यी वनहरुको स्रोतलाई ब्यवस्थित पार्न लागेको हो ।
यस्तै नगर सभाले खानेपानी तथा सरसफाइ बिधेयक-२०७९ र स्थानीय पाठ्यक्रम-२०७९ सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगरका बिधेयक समितिका संयोजक सन्दीप पाण्डेले सभामा बिधेयक प्रस्तुत गरेका थिए । सभामा पेश भएका बिधेयक सर्वसम्मत रुपमा पारित भएका हुन् ।
नगरसभाले कतिपय चालू योजना थपघट गरेको छ । साथै चालू आवमा हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो ।
नगर उप-प्रमुख मीरा थारुले नगरसभामा चालू आवमा न्यायिक समितिको अवस्था प्रस्तुत गरेकी थिइन् । बुद्धभूमि चालू आवमा १४ मुद्धा आएका र त्यसमा दुई मुद्धा फर्यौट भएको थारुले जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया