मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिकाको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गरिएको छ ।
शाहको ३ सय १ औं जन्मदिनको अवसर पारेर खरेन्द्रपुर चोकमा शालिकको शिलान्यास गरिएको हो ।
लुम्बिनी प्रदेशका सांसद अर्जुन केसी र शिवराज नगरपालिकाका मेयर अजय थापाले संयुक्त रुपमा शालिकको शिलान्यास गरेका छन् ।
शिवराजका मेयर थापाको सक्रियतामा बन्न लागेको शालिक छिट्टै बनाउने लक्ष्य छ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । उहाँको योगदान नेपाली समाजले सम्झिरहेको छ ।
प्रतिक्रिया