१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब नेमकिपा र जनमोर्चा मात्रै प्रतिपक्ष



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए ।

तर ८९ सिट रहेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नै १० सिट रहेको नेकपा एकीकृत समाजवादी र ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब संसदमा एकरएक सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको नदिने भएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  ३ : १७ बजे