११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

चितवनमा श्रीमान-श्रीमती मृत फेला



चितवन ।

चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपुरको वडा नं। २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन्। उनीहरुको बीच घरमा झैझगडा भइरहने गरेको एक स्थानीयले बताए। प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन्। उनीहरुको एक छोरा छन् ।

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  १ : २८ बजे