मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तु शिवराज नगरपालिकाले दाउरा बाड्न थालेको छ । शीतलहरको कारण जनजीवन प्रभावित बनिरहेको बेला शिवराज नगरपालिका सर्वसाधारणको बढी भीडभाड रहने स्थानमा दाउराको प्रबन्ध मिलाएको हो ।
नगर प्रमुख अजय थापाको सक्रियतामा नगरका वडा, स्वास्थ्य संघसंस्था लगायतका महत्त्वपूर्ण स्थानमा दाउराको प्रबन्ध मिलाइएको हो ।
पछिल्लो समय जिल्लामा जाडो ह्वात्तै बढेको छ । शिवराजमा मुख्य बजार क्षेत्रमा पनि आगो ताप्ने प्रबन्ध मिलाउन थालिएको छ ।
नगरको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे पनि मेयर थापासङ्गै दाउराको प्रबन्ध मिलाउन खटिएका छन् ।
नगरले सामुदायिक तथा साझेदारी वनसङ्ग समन्वय गरि दाउराको प्रबन्ध मिलाएको हो ।
प्रतिक्रिया