१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

राप्रपा कपिलवस्तुले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस मनाउने



मायादेवी अनलाइन, कृष्णनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुमा पृथ्वी जयन्ती मनाउने भएको छ ।

जिल्लाको कृष्णनगरमा आयोजना हुने कार्यक्रम सम्पन्न पार्नका लागि राप्रपाले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।

यस्तै कृष्णनगर नगर सभापति जय प्रकाश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ ।

नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका शाहको ३ सय १ औ जन्मजयन्ती पुस २७ गते पर्छ ।

शाहको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ । राप्रपाले जिल्लामा राष्ट्रिय एकता दिवसको साथै जन्मजयन्ती मनाउन लागेको हो ।

सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने चर्चा छ । राजसंस्था पुनः स्थापना, हिन्दुराष्ट्रको माग गर्दै राप्रपा गएको मंसिर ४ को आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ६ : ४९ बजे