कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ ।
व्यवसायिक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको थियो । पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरिएको छ ।
कृषकहरुलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । विजयनगर गाउँपालिकामा सिंचाईको धेरै समस्या भएको हुँदा कृषकलाई मोटर र पम्पसेट जस्ता उपकरण अनुदानलाई प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाई थियो ।
दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो ।
प्रतिक्रिया