१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरकारलाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई ओलीको निर्देशन



काठमाण्डौ ।

सत्तारुढ नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरुलाई उहाँले सचेत गराउनु भयो । शनिबारबाट काठमाण्डौमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहोर्‍याउनु भयो।

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान सरकारले सुशासन र देशको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पार्नु भयो ।

ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताउनु भयो ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ३ : ४८ बजे