अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ ।
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर थाहा पाउन भिडियो एक्सरे तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो । यो क्षेत्रका गर्भवती महिलालाई स्वास्थ्य परीक्षणकै लागि सन्धिखर्क तथा बुटवल जानु पर्ने बाध्यता थियो । नगरपालिकाको यो कार्यक्रमले गर्भवती महिलाहरुलाई सुविधा भएको पौडेलको भनाइ छ ।
यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै १४ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया