१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको ठूलो बाणगंगा सिंचाइमा शर्माको प्यानल विजयी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको सबैभन्दा ठूलो बाणगंगा सिंचाइ प्रणाली जल उपभोक्ता मूल समितिको अध्यक्षमा मोहन शर्माको प्यानल विजयी भएको छ ।

निर्वाचनमा प्रमोद यादवको प्यानल पराजित हुन पुगेको छ । शुक्रबार भएको निर्वाचनमा शर्माको प्यानल विजयी भएको हो ।

समितिको उपाध्यक्षमा तारा प्रसाद यादव, सचिवमा विनोद चौधरी र कोषाध्यक्षमा सुनिल शुक्ला निर्वाचित भएको निर्वाचन मंण्डलका संयोजक प्रविन कुमार श्रीवास्तवले बताए ।

समितिमा कुल १ सय ६९ जना मतदाता रहेका छन् । बाणगंगा सिंचाइ प्रणालीबाट कुल ६ हजार पाँच सय हेक्टरमा सिंचाइ हुने गर्छ । लक्ष्मणघाटमा बाँध बाँधेर जिल्लाको दक्षिणी भेगमा यो योजनाले सिंचाइ गर्दै आएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ७ : ५४ बजे