१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजको मौसमः तराईमा हुस्सु-कुहिरो र शितलहर



काठमाडौँ ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो शितलहर लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

न्यून चापीय प्रणालीको सामान्य प्रभावले राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ७ : ०१ बजे