मायादेवी अनलाइन, बाणगंगा ।
कृषिबाट नै नेपालको अर्थतन्त्र बलियो हुने प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् ।
श्रीङ्गीघाट सिंचाई योजना जल उपभोक्ता समिति वाणगंगा नगरपालिका १ जितपुर कपिलवस्तुको छैठौं साधारण सभा तथा पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पन्थीले यस्तो बताएका हुन् ।
भागिरथी नदी बाणगंगालाई बचाउन र व्यवस्थित बनाउन सक्ने हो भने कृषि क्षेत्रबाट राम्रो उत्पादन लिन सकिने उनको भनाई थियो ।
बाणगंगा नदीबाट कृषिमा भविष्य राम्रो भएको बताउँदै बहुद्देश्यिय योजना अनुसार अगाडी बढ्नु पर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया