१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरेपानी सामुदायिक वनको अध्यक्षमा गुरुङ



बाबुराम रायमाझी, भलवाड

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेकोे सरेपानी सामुदायिक वनको ५ औं अधिवेशनबाट आगामी ३ बर्षका लागि बिन्द्र बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा फुलमाया गुरुङ, उपाध्यक्षमा पार्बती ओली खड्का, सचिवमा रिता घिमिरे, सह-सचिवमा नवराज गुरुङ, त्यस्तै कोषाध्यक्षमा जिउनसिया थरुनी, सदस्यमा पोम बहादुर गुरुङ, शम्भु थारु लगायत रहेका छ्न ।

वनको १४ औं साधारणसभा यसअघि असोज १३ गते सम्पन्न भैसकेको थियो । नव निर्बाचित पदाधिकारीलाई वडा सदस्य चुरामणि अर्याल, समाजसेवी राजु खड्का, पूर्व अध्यक्ष गिर बहादुर गुरुङ, सव डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख वसन्त थापाले सफल कार्यकालको शुभकामना दिदै बनको संरक्षण र संम्बर्द्रन लाग्न सुझाव दिएका थिए ।

१ सय ७५ दसमलव ५० हेक्टर क्षेत्रफलमा रहेको सरेपानी सामुदायिक वनमा ३ सय २ जना बन उपभोक्ता आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ४ : ५० बजे